राज्यले नागरिकताविहीन बनाएको भन्दै एक युवकद्वारा आत्मदाहको प्रयास


३० जेष्ठ २०८०, मंगलवार २०:१४ मा प्रकाशित

काठमाडौं । राज्यले नागरिकताविहीन बनाएको भन्दै एक युवकले काठमाडौंको माइतीघरमा आत्मदाहको प्रयास गरेका छन् ।

नागरिकता दिनुपर्ने माग राख्दै नागरिकताबिहीन संघंर्ष समितिले आयोजना गरेको प्रदर्शनका क्रममा मोरङ घर भएका निरोज कामदले आत्मदाहको प्रयास गरेका हुन् ।

उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी लगाउत अन्यले पानी खन्याएका थिए । त्यस लगतै बेहोस भएका कामदलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

नागरिकताबिहीन संघंर्ष समितिले जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देउ, नक्कली राष्ट्रबाद चाहिदैन लगायत नारा लगाउदै माइतीघरमा प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here