प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदै


३० जेष्ठ २०८०, मंगलवार ०८:२१ मा प्रकाशित

काठमाडौं । बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ।

पूर्व अयोग्य लडाकू लेलिन विष्टसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ हुन लागेको हो। माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ।

द्वन्द्वकालीन घटनासँग जोडिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको यो दोस्रो रिट हो। यसअघि द्वन्द्वकालमा मारिकामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेको सन्दर्भमा कारबाहीको माग गर्दै प्रचण्डविरुद्ध दायर भएको रिट सर्वोच्चमा विचाराधीन छ। उक्त रिटमा लिखित जवाफ मागिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here