प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका -४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको हाे । दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका १५ बस्ने ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका छोराहरू १४ वर्षीय विशाल पोख्रेल र ९ वर्षीय विकास पोख्रेल, लमही नगरपालिका ५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही ७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा शाह र उनका छोरा ९ वर्षीय आदित्य शाहको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।






