काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हिमाल आरोहीहरुको जिवन विमाको व्यवस्था गर्न सरकारसंग पहल गर्ने बताउनुभएको छ ।
कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले सोमबार काठमाडौंमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा देउवाले आरोहीहरुको जिवन विमा आवश्यक रहेको भन्दै यस बिषयमा प्रधानमन्त्रीसंग कुरा गरेर जिवन विमाको पहल गर्ने बताउनुभएको हो ।
देउवाले सगरमाथाको चुचुरोमा कांग्रेसको झण्डा पुराएर पार्टीमात्रै नभएर देशकै लागि गौरवको बिषय भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा कांग्रेसको झण्डा फहराउने आरोहीहरुलाई सम्मान गरिएको थियो ।






