कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


२८ जेष्ठ २०८०, आईतवार ०६:५६ मा प्रकाशित

कालीकोट । कालीकाेटकाे शुभकालीका गाउँपालिका-६ को गविरामा जीप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार गएराति कालीकाेटकाे बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटना भएकाे हाे । 

दुर्घटनामा जीप चालक शुभकालीका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामी मगरकाे मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । उक्त घटनाबारे थप जानकारी आउन बाँकी रहेकाे छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here