यो बर्ष सरदरभन्दा पानी कम पर्ने, तापक्रम बढ्ने


२७ जेष्ठ २०८०, शनिबार ११:३९ मा प्रकाशित

काठमाडौं । यसवर्ष सरदरभन्दा पानी कम पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष सरदरभन्दा पानी कम पर्ने र तापक्रम सरदर भन्दा बढी हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । नेपालमा यस वर्ष तापक्रम अत्यधिक रुपमा बढेको छ । अझै केही दिन तापक्रम नघटने महाशाखाले जनाएको छ ।

मौसमविद् कँडेलका अनुसार नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुनेछ । केही दिनयता तातो हावा तथा ‘लु’ देशका धेरैजसो स्थानमा देखिएको मौसमविद्हरूले देशभरको तापक्रम बढ्ने बताएका हुन् ।

गर्मीका कारण ‘लु’ लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने समस्या देखापर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here