झापाको कनकाई नगरपालिकाद्वारा सूर्तीजन्य पदार्थको बिक्री तथा सेवन निषेध


२६ जेष्ठ २०८०, शुक्रबार ०७:१५ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिकाले नगर क्षेत्र भित्र गुट्खा, खैनी र चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्री-वितरण तथा सेवनकार्यलाई निषेध गर्ने भएको छ ।

नगरपालिकाले उक्त नियम आगामी साउन १ गतेदेखि लागू गर्ने जनाएको छ ।

गत जेष्ठ १७ गते सम्पन्न बसेको २५ औं कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यही श्रावण १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने जनाएको हो ।

नगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले नगरपालिका कठोर रुपमा उत्रिएको नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।

नगरप्रमुख पोखरेलले कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन नगरवासीलाई आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here