उर्लाबारी दुर्घटना अपडेट: बस चालक प्रहरीको नियन्त्रणमा


२५ जेष्ठ २०८०, बिहीबार १७:४२ मा प्रकाशित

मोरङ । मोरङको उर्लाबारी नगरपालिका ३ नयाँ मंगलबारेस्थित पूर्व पश्चिम राजमार्गमा स्कुटर र बस ठोकिदा स्कुटर चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

सुर्योदय संवाददाता निराजन निरौलाले ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रमुख दिपक पोख्रेलसँग गरेको कुराकानी अनुसार बिहिबार दिउँसो २ : २५ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१-०१-०१३ प २९० नम्बरको स्कुटरलाइ ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको प्रमुख पोख्रेलले जानकारी गराउनु भयो ।

“स्कुटर चालकको पहिचान खुल्न सकेको छैन” उहाँले भन्नु भयो “बस चालक झापा कनकाई न.पा ३ बस्ने बर्ष ३२ का टंक प्रसाद सुबेदीलाइ नियन्त्रणमा लिएका छौँ ।”

मृतकको शवलाई मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेको सब गृहमा ल्याएर राखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रमुख पोख्रेलले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here