काठमाडौं । सिन्धुपाल्चाेक जिल्लाकाे उत्तरी सिमा निजककाे भोटेकोसी गाउँपालिकास्थित (साविककाे फुल्पिङकट्टी गविस) स्थित चाकुखाेलामा आएको बाढीले २२ मेघावाट बिद्धुत उत्पादन भइरहेकाे शिवश्री जलविद्युत् आयोजनाका दुई कर्मचारी बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा यादव काफ्ले, रामअवतार चौधरी रहेको बताइएको छ । घटनामा घाइते अन्य दुई जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको जनाएको छ । घाइते हुनेमा कामी तामाङ र लाफिङबुद्ध हाइड्रो पावरका पेम्बा थोक्याल शेर्पा घाइते छन् । उनीहरुलाई आइतबार बिहान हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पताल ल्याइएकाे हाे ।
बाढीले भोटेकोसी, मध्यकोसी लगायत आसपासका जलविद्युत् आयोजनामा क्षति पुर्याएको जनाइएको छ । नदी नजिकका चारवटा हाइड्रो पावरमासमेत क्षति पुगेको छ । बाढीले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी, शुभश्री र चाकुखोला हाइड्रोपावरमा क्षति पुगेको छ ।





