धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सव मनाइयो


२५ जेष्ठ २०८०, बिहीबार १४:०७ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्याउने माध्यमका रुपमा धितोपत्र बोर्ड प्रस्तुत हुन नहुने बताउनुभएको छ ।

धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले सेयर बजारमा लगानीकर्ताको सुरक्षा गर्ने जिम्मेवारी धितोपत्र बोर्ड भएको भन्दै निश्चित व्यक्तिलाई फाइदा पुर्याउने माध्यमका रुपमा बोर्ड प्रस्तुत हुन नहुने बताउनुभएको हो ।

उहाले आगामी बजेट प्रस्तुत गर्दा ५६ लाख लगानीकर्तालाई आय करको दायरामा ल्याउने चर्चा गलत भएको जिकिर गर्नुभयो ।

अटोमेटेट सिस्टम लैजाने, हरेक क्रियाकलापलाई कागज रहित बनाएर लैजाने, कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा बोर्डले उच्च सतर्कता अपनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाले सेयर बजारलाई स्वस्थ्य र लगानीकर्ताको लगानी सुरक्षित गर्नका लागि राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने भन्दै उहाले शेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नकालागि मन्त्रालयको पूर्ण सहयोग हुने बताउनुभयो ।

त्यस्तै बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताको विश्वास कायम गर्न नियामक निकायलाई बलियो संस्थाका रुपमा बोर्डलाई अघि बढाउने बताउनुभयो । प्राइभेट इक्वीटी र भेन्चर क्यापिटललाई छिट्टै कार्यान्वनमा ल्याउने उहाले बताउनुभयो ।

त्यस्तै उहाले अहिले ६८ वटा ब्रोकर संख्या पुगेको भन्दै अबको २ वर्ष भित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here