अध्यादेशबाट बजेट ल्याउने तयारीमा कोशी प्रदेश सरकार


२३ जेष्ठ २०८०, मंगलवार १८:४० मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएपछि हिकमतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारीमा थालेको छ ।

माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ । सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै अल्पमतमा परेको सरकारले बुधवार संसद्मा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको थियो ।

नीति तथा कार्यक्रमलाई प्रदेश सरकारले स्थगित गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले नयाँ परिस्थितिमा नयाँ ढंगले बजेट ल्याउने तयारी भएको बताउनु भएको छ ।

माओवादी केन्द्र सरकारबाट फिर्ता भएपछि बुधवार नीति तथा कार्यक्रम संसद्मा पेस नहुने उहाँले जानकारी दिनुभयो । अध्यादेशबाट बजेट आउने कुरा पनि संविधान अनुसारकै विषय भएको उहाँले बताउनु भएको छ । यो सरकारले बहुमत जुटाउन कसरत गरिरहेको उहाँको भनाइ छ ।

सरकारले बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेशमार्फत असार १ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको मुख्यमन्त्री निकट श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here