निराजन निरौला, बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा मेघराज वाँस्तोला भारी मतान्तरले विजयी हुनुभएको छ ।
सोमबार निर्वाचन सकिएलगतै सुचारु भएको मतगणनाको सुरुवाती चरणबाट नै बाँस्तोलाले अग्रता लिनु भएको थियो ।
मंगलबार करिब ११ बजे सकिएको मतगणनामा बाँस्तोला १ हजार ५ सय ९३ मतान्तरले निर्वाचित बन्नु भएको हो भने उहाँका निकटतम प्रतिद्वन्दी देवेन्द्र सिटौलाले ८ सय ७३ मत प्राप्त गरेर पराजीत बन्नु भएको छ ।
अध्यक्षमा मेघराज बाँस्तोला २ हजार ४ सय ६६ मत सहित विजयी बन्दा उपाध्यक्षमा शैलेन्द्र सिटौला २ हजार २८ मत प्राप्त गरेर जीत हात पार्नु भएको छ ।
सचिव पारस मैनाली २ हजार ३ सय ४४, कोषाध्यक्ष शारदा रिजाल १ हजार ५ सय २१, खुल्ला सदस्यहरु आनन्द गुरुङ १ हजार ८ सय १६, खगेन्द्र थापा १ हजार ५ सय ९६ र महिला सदस्यहरुमा बालादेवी खरेल १ हजार ८ सय ७६, माया प्रधान(खडगी) १ हजार ९ सय १४ र कमला अग्रवाल १ हजार ८ सय ४४ मत सहित प्यानल बिजयी बनेको हो ।
बिजयी भएसँगै बाँस्तोलाले घोषणापत्र अनुसारका कामलाई यथाशिघ्र सुचारू गरिने बताउनु भएको छ ।
खानेपानीको समस्या बिर्तामोडबासीले भोग्न नपर्नेगरी काम अगाडी बढाइने उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।
निर्वाचित सबै पदाधिकारीहरुलाइ निर्वाचन कार्यलय झापाले आजै प्रमाण पत्र वितरण गरेको छ ।






