विदेशबाट ल्याएका आइफोन र एक लाखभन्दा महङ्गो मोबाइलमा १० हजार कर


१६ जेष्ठ २०८०, मंगलवार १४:०९ मा प्रकाशित

काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाख रुपैयाँभन्दा धेरै मूल्यको मोबाइल फोनमा दश हजार रुपैयाँ कर लाग्ने भएको छ ।

सरकारलेआर्थिक विधेयक ०८० मार्फत अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय रुपैयाँ कर लाग्ने व्यवस्था ल्याएको हो ।

आर्थिक विधेयक ०८० मा भनिएको छ, ‘आइफोन र एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट दश हजार, अन्य स्मार्टफोनका लागि तीन हजार र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रति फोनसेट दुई सय कर लाग्नेछ ।’

वि.सं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर, नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोनको सम्बन्धित प्रयोगकर्ताले समते फोनसेटको आईएमईआई नम्बर उल्लेख गरी एकमुष्ट महसुलबापत कर बुझाउनुपर्नेछ ।

तर,श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुले ल्याएका फोनसेटको हकमा भने दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता गर्नेछ । यसका लागि सम्बन्धित व्यक्ति कम्तीमा पनि छ महिना बैदेशिक रोजगारमा बिदेश बसेका हुनु पर्नेछ । विवरण खुल्ने कागजात भने सम्बन्धित व्यक्तिले प्राधिकरणमा पेश गर्नु पर्नेछ ।

त्यस्तै, सरकारले वैदेशिक रोजगारीमा जानेलाई एक प्रतिशत सेवा शुल्क लगाएको छ । यस्तो शुल्क दाखिल नगरेमा १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने आर्थिक विधेयकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here