श्रीच्छा प्रधानलाई मिस नेपाल वर्ल्ड २०२३ को उपाधि


१४ जेष्ठ २०८०, आईतवार ०७:२५ मा प्रकाशित

काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि हात पारेकी छन् ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले प्रधानलाई ताज लगाइदिएकी थिइन् । शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि हात पारेकी हुन् ।

फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको छ ।

२३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here