एमालेनिकट राष्ट्रिय युवासंघद्वारा काठमाडौंमा विरोध प्रदर्शन


१३ जेष्ठ २०८०, शनिबार १९:३९ मा प्रकाशित

काठमाडौं । एमालेमाथि भ्रष्टाचारको तथ्यहिन आरोप लगाउने काम भएको भन्दै एमालेनिकट राष्ट्रिय युवासंघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

स्वास्थ्य सामाग्रीको भ्रष्टाचार र पशुपतिनाथ मन्दिरको जलहरीका बिषयमा एमालेमाथि तथ्यहिन आरोप लगाउने काम भएको भन्दै युवासंघले शनिबार काठमाडौंको बानेश्वरमा मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

सत्तारुढ नेताहरुको आधारहिन, भ्रामक तथा आपत्तीजनक अभिव्यक्ति स्वीकार्य नहुने भन्दै विरोध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।

उनीहरुले जलहरीको सुन पशुपतिनाथमा छ, लुटेको सुन कहाँ छ ? लडाकु घोटाला छानविन गर, लगाएतका प्लेकार्ड प्रदर्शन गर्दै सरकार बिरुद्ध नारावाजी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here