कपिलवस्तुका ‘मोस्ट वान्टेड’ नसिम खान पक्राउ


२१ असार २०७६, शनिबार १३:३९ मा प्रकाशित

काठमाडौँ । आठ जनाको हत्या गरी फरार भएका कपिलवस्तुका मोस्ट वान्टेड नसिम खान पक्राउ गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले खानलाई पक्राउ गरेको एसपी दीपक रेग्मीले बताए । २०७४ फागुन ३ मा अपहरणपछि मोहम्मद रहमानको अपहरणपछि हत्या गरेको आरोप उनीमाथि छ । पछिल्लो १२ वर्षयता उनले सात जनाको हत्या गरेको पुष्टि भएको सिआइबीले जनाएको छ ।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हत्या, अपहरण र डकैतीका एक दर्जन मुद्दा दर्ता छन् । भूमिगत रूपमा बसेर उनले चन्दा असुली गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here