झापा । झापा टोस्टमास्टर्स क्लबले आफ्नो एक सयौं बैठकका अवसरमा शनिवार ‘गाला उत्सव’ मनाएको छ ।
बिर्तामोडको होटल सिद्धार्थ ग्रान्ड सिटीमा आयोजित कार्यक्रममा टोस्टमास्टर्सहरूले आ-आफ्ना कला प्रस्तुत गरेका थिए ।
कसैले गीत गाएका थिए भने कसैले अन्य भिन्न कला प्रस्तुत गरेका थिए । कार्यक्रममा टोस्टमास्टर्सका अग्रज सुमान शाक्यले आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न उपहारका लागि लक्की ड्र समेतको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा धरान तथा विराटनगरका टोस्टमास्टर्सको समेत सहभागिता रहेको थियो । कार्यक्रममा धरान तथा झापाका नयाँ टोस्टमास्टर्सको पनि परिचय गराइएको थियो ।
बेलायतबाट आएका टोस्टमास्टर्स जानवी खेडिया तथा आशिष राईले आफ्ना अनुभव सुनाएका थिए ।
झापा टोस्टमास्टर्स क्लबकी अध्यक्ष डा. सन्ध्या राठीले टोस्टमास्टर्सको एकता र कार्यदक्षता नै टोस्टमास्टर्स क्लबको सफलता भएको बताइन् ।
समुदायका मानिसहरूमा सकारात्मक सोचको विकास गर्न टोस्टमास्टर्स क्लब महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।






