स्पन्दन सुब्बाले जिते भ्वाइस किड्स सिजन – २ को उपाधि


६ जेष्ठ २०८०, शनिबार ०७:३३ मा प्रकाशित

काठमाडौँ । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् ।

शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे ।

फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले  १५ लाख रुपैयाँ नगद प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here