सरकारको नीति तथा कार्यक्रमः सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने घोषणा


५ जेष्ठ २०८०, शुक्रबार १७:१८ मा प्रकाशित

काठमाडौं । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्ष २०८० / ८१ को नीति तथा कार्यक्रम पेश गर्दै अर्थतन्त्रको संरचनागत सुधारमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले संविधान र  संघीयताको  प्रभावकारी कार्यन्वयनका लागि सरकार दृढ रहेको उल्लेख गर्दै पुँजीगत खर्चमा वृद्धि गरि गुणस्तरीय पूर्वाधार निर्माणमा ध्यान दिइने बताउनुभयो ।

नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘ शासकीय व्यवस्था र सेवा प्रवाह गर्ने कुरामा सुधार गर्दै भ्रष्टाचार नियन्त्रण गरिने छ , उत्पादन तथा राजगारी वृद्धि , हरित अर्थतन्त्रको विकास ,पर्यावरणीय सन्तुलन, आर्थिक सामाजिक विभेदको अन्त्य गरि गरिवी निवारणमा पनि ध्यान दिइनेछ । समावेशी विकासमा जोड दिदैं शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउने,मुलुकको राष्ट्रिय हितको रक्षा गरि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको अवलम्वन पनि सरकारले ध्यान दिनेछ ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here