पूर्व गृहमन्त्री खाँण पक्राउ


२७ बैशाख २०८०, बुधबार १०:१० मा प्रकाशित

काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिनु भएका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ पर्नुभएको हो ।

भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उहाँकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उहाँलाई प्रहरी परिसर टेकु लगिएको छ ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणकोसमेत नाम लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here