१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । के छ यस्को इतिहाँस ?


१८ बैशाख २०८०, सोमबार ०८:१० मा प्रकाशित

काठमाडौ । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदैछ । 

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो शहरका श्रमिकले सडक ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघलगायतले कार्यक्रम गर्ने जनाएका छन्।

२००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७७ वर्ष पार गरेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here