झापा । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भएको छ ।
नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको एमाले झापा अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो ।
बैठक बैशाख २८ गतेदेखि ३० गतेसम्म बस्ने उहाँले बताउनुभयो ।
तर झापाको कुन स्थानमा भन्नेबारे टुंगो लागिनसकेको उहाँको भनाइ छ ।
पूर्वका विभिन्न जिल्लाहरूमा आयोजित कार्यक्रमहरूमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार आउनु हुने भएको छ ।






