इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र हर्षोल्लासका साथ मनाइयो


९ बैशाख २०८०, शनिबार १७:५८ मा प्रकाशित

काठमाडौ । इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र हर्षोल्लासका साथ मनाइएको छ ।

इदुलफित्राका अवसरमा इस्लाम धर्मावलम्बीले सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर बधाई तथा शुभकामना) साटासाट गरिएको छ ।

एक महिनासम्म चलेको रमजान पर्वमा मुुसलमान समूदायहरु दिनमा निराहार बस्छन् ।

शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल र मिठाई साथीभाइ, इस्टमित्रलाई खुवाउने  प्रचलन रहिआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here