बिर्तामोडमा आउदो जेठ १२ र १३ गते कोशी प्रदेशस्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने


९ बैशाख २०८०, शनिबार १८:०३ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा आउदो जेठ १२ र १३ गते कोशी प्रदेशस्तरीय दोस्रो बडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।

अघिल्लो वर्षको सफलताबाट उत्साहित मिस्टर कन्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपले दोस्रो संस्करण गर्न लागेको हो ।

व्यायामप्रति आर्कषण जागृत गराई निरोगी जनशक्ति उत्पादनमा टेवा पुर्याउने  उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको इभेन्टका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिनु भयो । कोशी प्रदेशमा स्थायी बसोबास रहेका खेलाडीहरु प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

प्रतियोगितामा ६० देखि ७० जनाको सहभागिता रहने सक्ने आयोजकले बताएको छ । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा गराउने कार्यक्रम संयोजक राम दाहालले जानकारी दिनु भयो ।  प्रतियोगितालाई आगामी दिनमा राष्ट्रियस्तरको बनाउने योजना रहेको दाहालको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष मैनालीले बताउनु भयो ।

अघिल्लो वर्ष पुरस्कार राशि तीन लाख रुपैयाँ थियो । अध्यक्ष मैनालीका अनुसार कन्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपले दोस्रो संस्करणमा दोस्रो हुनेले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख ५० हजार, चौथोले एक लाख र पाँचौंले ७५ हजार पुरस्कार पाउनेछन् । 

यस पटक खेलाडीहरुलाई आवतजावत भाडा र बिर्तामोडमा लजिङफुडिङको ब्यवस्था गरिएको कार्यक्रममा करिब २४ लाखको लगानी अनुमान गरिएको आयोजकले जनाएको छ । ००००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here