झापाको हल्दीबारी गाउँपालिका स्थित जनजागृति माविमा कुबेर मन छात्रवृत्ति कोष स्थापना


९ बैशाख २०८०, शनिबार १७:५६ मा प्रकाशित

झापा । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर १ गोल्धाप स्थित जनजागृति माध्यमिक विद्यालयमा कुबेर मन छात्रवृत्ति कोष स्थापना भएको छ ।

कुबेरनाथ नेपालको तेहृौ पुण्य तिथिका दिन नेपाल परिवारले विद्यालयमा अध्ययन गर्ने अल्पसंख्यक वा सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक उन्नयनमा उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले छात्रवृत्ति कोष  स्थापना गरिएको नेपाल परिवारले बताएको छ ।

बुबाको पुन्य तिथिको अवसरमा छोराहरू डा .देवी नेपाल र खगेन्द्रप्रसाद नेपालले प्रधानाध्यापक इन्दिरा चुडाललाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेर विधिवतरुपमा कोषको स्थापना गरिएको हो ।

विद्यालयकी प्रधानाध्यापक चुडालले विद्यार्थीको स्तरोन्नती र पढाइमा सहजताका लागि नेपाल परिवारले गरेको सहयोगप्रति आभार प्रकट गर्नु भयो । 0000

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here