बिर्तामोड १ मा महामारी रोकथामका लागि व्याधीक्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न


९ बैशाख २०८०, शनिबार १४:३९ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा महामारी रोकथामका लागि व्याधीक्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको आयोजनामा शुक्रवार भएको कार्यक्रममा वडाका ३५ जना भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई रोगव्याधसंग लड्ने शक्तिप्राप्त औषधी निशुल्क वितरण गरीएको छ ।

बुढेसकाल लागेपछि निन्द्रा नलाग्ने, हातखुट्टा बाउँडिने लगायतका रोगहरु देखिने गरेकाकारण  आयुर्वेदिक चुर्ण वितरण गरीएको कबिराज निरिक्षक टेकनाथ अर्यालले जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष डम्बर बस्नेतले २ जना जेष्ठ नागरिकलाई औषधी प्रदान गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

उपस्थित मध्येका सबैभन्दा ज्येष्ठ वडा नम्बर १ का ८९ वर्षिय जयप्रसाद खरेल र ८७ वर्षिय खग प्रसाद आचार्यलाई औषधी प्रदान गरिएको हो ।

कार्यक्रममा निवर्तमान जनप्रतिनिधि प्रेमकुमार खरेल, वडा सचिब टिका अधिकारीको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here