काठमाडौं । झापाको वीरता जेसीजका पूर्व अध्यक्षहरूको क्लबले उद्योगपति तथा समाजवेशी दिनबन्धु गोयललाई २०७९ सालको उत्कृष्ट नागरिक घोषणा गर्दै आइतबार सम्मान गरेको छ ।
झापा भद्रपुरका स्थायी बासिन्दा गोयललाई एक विशेष समारोहकाबीच सम्मान गरिएको हो । समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतलगायतले गोयललाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै गोयलले केही रकम बचत गरे असहायहरूको सेवाका लागि पुग्ने उहाँले बताउनुभयो ।
२०५२ सालदेखि वीरता जेसीजका पूर्व अध्यक्षहरूको क्लबले प्रत्येक बर्षको शुरुवातमा उत्कृष्ट नागरिक घोषणा गर्दै सम्मान गर्ने गरेको छ ।
त्यही परम्परालाई निरन्तरता दिँदै क्लबले आइतबार आयोजित कार्यक्रममा गोयललाई सम्मान गरेको हो । कार्यक्रममा जेसीजका राष्ट्रिय तथा स्थानीय पदाधिकारीको उपस्थितिसमेत रहेको थियो ।






