प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिवद्ध छुः नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना


१३ चैत्र २०८२, शुक्रबार १५:२६ मा प्रकाशित


नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र साहको मिसन र भिजनअनुसार काम गर्न आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । 


शुक्रवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दैं उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री तिमिल्सिनाले मन्त्रीको रुपमा आफूलाईं कुनैपनि खालको गल्ती गर्ने छुट नभएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रको हितमा गर्व गर्न लायक हुने गरी इमान्दारिताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिनुभयो । देशको हितमा कर्मचारीहरुले काम गर्नुपर्ने नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाको भनाई थियो । 

मन्त्री तिमिल्सिनाले हरेक कर्मचारीले आफ्नो क्षमताको पूर्ण रुपमा सदुपयोग गरेर काम गर्नुपर्ने बेला आएको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here