परराष्ट्रमन्त्री एनपी साउदद्वारा शपथ ग्रहण


३ बैशाख २०८०, आईतवार १७:२३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्नुभएको छ ।

आइतबार नवनियुक्त परराष्ट्रमन्त्री साउदले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गर्नुभएको हो । सपथ ग्रहणपछि मन्त्री साउदले आइतबार नै सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै मन्त्री साउदले छिमेकी लगायत विश्वभरकै देशसंगको सम्वन्धलाई प्रगाढ बनाउदै लैजाने बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका बिषय लगाएतका बिषयमा सचिवहरुसंग जानकारी लिने बताउनुभयो ।

साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त हुनुभएकी नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य नन्दा चापाईले पनि आइतबार नै पद तथा गोपिनीयताको सपथ लिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here