भाइरल ज्वरोका कारण एमाले अध्यक्ष ओली अस्वस्थ


४ बैशाख २०८०, सोमबार ०६:५९ मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाइरल ज्वराेका कारण बिरामी पर्नुभएको छ ।

उहाँले आफू अस्वस्थ भएको जानकारी दिँदै भाइरल ज्वराेबारे खुलाउनु भएकाे हाे ।

आइतबार दिउँसो फेसबुक स्टाटस लेख्दै ओलीले आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको जानकारी दिनुभएकाे हाे ।

‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ,’ ओलीले फेसबुकमा लेख्नु भएकाे छ, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here