कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे सांसद्हरुलाई निषेध गर्ने हर्क साम्पाङको चेतावनी


३ बैशाख २०८०, आईतवार ११:४१ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।

आइतबार सामाजिक सञलमा स्ट्याटस लेख्दै साम्पाङले भन्नुभएको छ, ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ।  तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहितको  ।  ख्याल नठान्नु होला ।  यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु ।’

साम्पाङको उक्त अभिव्यक्तिलाई काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पूर्णरुपमा समर्थन जनाउनु भएको छ ।

साम्पाङको स्ट्याटसमा शाहले लेख्नुभएको छ, ‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here