भारतका पर्यटकको पाँचथरमा लडेर ज्यान गयो


३ बैशाख २०८०, आईतवार १०:१४ मा प्रकाशित

पाँचथर । पाँचथरको उत्तरी याङ्वरक गाउँपालिकाको च्याङ्थापु बजार नजिकै  सिक्किमका केशव गुरुङको लडेर मृत्यु भएको छ ।

घुम्न आउने क्रममा नेपाल-भारत सिमाना चिवाभञ्याङबाट च्याङ्थापु आउँदै गर्दा गुरुङको भिरबाट लडेर मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीयबासीले जानकारी दिए । गुरुङ रातिको समयमा भिरबाट लडेको उनले बताए ।

प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेकोे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले जानकारी दिए । गुरुङको शव र सिक्किमका अन्य चार जना पर्यटकलाई सदरमुकाम फिदिम ल्याउने तयारी भइरहेको खतिवडाले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here