झापा बुद्धशान्तिको होक्सेमा खुल्यो इन्टरनेट सेवा प्रदायक कम्पनी


२ बैशाख २०८०, शनिबार १३:५१ मा प्रकाशित

झापा । झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रका बासिन्दालाई सेवा दिने उद्धेश्यले स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनी बुद्धशान्ति नेटवर्क प्रालिको शनिवार विधिवत उद्घाटन गरिएको छ ।

होक्से चोकमा स्थापना भएको कम्पनीको कार्यालयको पूर्वशिक्षक तथा समाजसेवी पूर्ण सञ्जेल तथा सूर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सञ्जेलले पानसमा द्विप प्रज्वलन गरेर र खनालले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको हो । तत्काललाई एक हजार भन्दा बढी सेवाग्राहीलाई इन्टरनेट सेवा प्रदान गर्न सकिने संरचना भएको कम्पनीका प्रवन्ध निर्देशक राजेश थापाले जानकारी दिनुभयो ।

कम्पनीका अर्का हिस्सेदार भूवन थापाले छिट्टै बुद्धशान्ति गाउँपालिकाभर सेवा विस्तार गरिने बताउनुभयो ।

अहिले उक्त कम्पनीबाट सेवाग्राहीले इन्टरनेट सेवा पाउन थालिसकेका छन् । कार्यक्रमका प्रमुख अतिथि पूर्ण सञ्जेलले बुद्धशान्तिमा स्थापना भएको कम्पनी बुद्धशान्तिबासीका लागि भएकाले सबैले सदभाव राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि सूर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनालले कम्पनीबाट प्रदान गरिने सेवाको गुणस्तरीयतामा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन मोहन तिम्सिनाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here