धनकिरण गुरुङको नयाँ गीत ‘मायाको सीमाना’ शनिवार बेलायतबाट सार्वजनिक


२ बैशाख २०८०, शनिबार १७:४१ मा प्रकाशित

झापा । बेलायतमा रहेर नेपाली गीत/संगीत क्षेत्रमा अनवरत लागिपर्नु भएका काँकरभिट्टा झापाका धनकिरण गुरुङको नयाँ गीत मायाको सीमाना शनिवार बेलायतबाट सार्वजनिक गरिएको छ ।

बेलायतको राजनीतिक इतिहासमा नेपाली भाषी समुदायबाट पहिलो पटक काउन्सिलर बन्नु भएका गुरुङको आफ्नै स्वर तथा संगीतमा रहेको उक्त गीत शनिवार सार्वजनिक गरिएको हो ।

उहाँ विगत पाँच बर्षदेखि नेपाली संगीत क्षेत्रमा सशक्त भएर लाग्नु भएको हो । यस अघि पनि उहाँ दुई दर्जन भन्दा बढी म्युजिक भिडियो तथा ४ सय वटा गीत सार्वजनिक भइसकेका छन् ।

शनिवार सार्वजनिक भएको गीत मायाको सीमाना जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लेख्नुभएको हो ।

गीतको संयोजन र सुरत प्रधानले गर्नुभएको हो भने गीत को रेकर्डिङ आशिक गुरूङले गर्नुभएको हो । शुकचन्द्र थापा र मेनुका क्षेत्रीको अभिनय रहेको गीतको म्युजिक भिडियोले जातीय छुवाछुत र भेदभाव अन्त्य गर्नु पर्ने सन्देश बोकेको छ ।

धनकिरण गुरूङको आफ्नै निर्देशन रहेको म्युजिक भिडियो डिजे प्रोडक्सन लण्डनको ब्यानरमा बनेको हो । उक्त म्युजिक भिडियोको निर्माण अल्का गुरूङले गर्नुभएको छ ।

संसारमा सत्य प्रेम गर्ने मायालु जोडीहरूको प्रेम कथा बोकेको म्युजिक भिडियो मायाको सिमानाले दर्शक र स्रोताको मन अवश्य नै जित्ने गायक तथा निर्देशक धनकिरण गुरूङले विश्वास व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here