वर्षमान पुनकी आमाको घरमा चल्यो गोली


२ बैशाख २०८०, शनिबार १०:२४ मा प्रकाशित

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार गोली चलेको छ ।

शुक्रबार राति साढे ९ बजे भीआईपी सुरक्षामा खटिएका एक सदस्यले गोली चलाएको प्रहरी स्रोतले जनाएको हो । गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते हुनुभएको छ ।

उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गोली चलाउने प्रहरीलाई शुक्रबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here