एमाले फेरि संसद विघटनको दाउमा छः माधव नेपाल


२९ चैत्र २०७९, बुधबार १२:४६ मा प्रकाशित

इनरुवा । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) फेरि संसद् विघटनको दाउमा रहेको आरोप लगाउनुभएको छ ।

बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटमा नेपालले एमाले संसद विघटन गरि मध्यावधि चुनावमा जाने दाउमा रहेको दावी गर्नुभएको हो । अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने पनि समेत बताउनुभयो ।

संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने उहाँको भनाइ थियो । एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि एमालेका अध्यक्ष केपी शर्मा ओली भएसम्म एकताको सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here