काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदनलाई ‘कुकर्म’ र ‘भद्दा नाटक’ को संज्ञा दिनुभएको छ ।
उहाँले फौजदारी अपराध दण्डसंहिता २०७४ को दफा १८१ र १८२ अनुसार आफूमाथि छानबिन गर्न गरिएको सिफारिसलाई कानूनी रूपमा ‘निराधार’ र ‘अस्वीकार्य’ भएको बताउनुभएको हो ।
ओलीले कानूनी तर्क प्रश्तुत गर्दै दफा १८१ र १८२ आकर्षित हुनका लागि सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित हुनुपर्ने र घटना प्रत्यक्ष रूपमा उसैबाट गराइएको हुनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिने र गोली पनि नचलाउने भन्दै आयोगका पदाधिकारीहरू पहिले नै एमाले विरुद्ध विषाक्त धारणा राख्ने व्यक्तिहरू भएकोले यस्तो प्रतिवेदन आएको दाबी गर्नुभयो ।
यो सिफारिसलाई उहाँले बदनाम गर्ने र चरित्र हत्या गर्ने ‘घृणाको राजनीतिको अर्को प्रकटीकरण’ का रुपमा व्याख्या गर्नुभयो ।






