मूल्याङ्कन अनुहार हेरेर होइन, काम हेरेर हुन्छः ओली


१२ चैत्र २०८२, बिहीबार १७:०९ मा प्रकाशित

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि पद वा जिम्मेवारीको मूल्याङ्कन भूगोल, लिङ्ग, भाषा वा क्षेत्रको आधारमा नभई केवल निष्ठा, सक्रियता, काम र अनुशासनको आधारमा हुने स्पष्ट बताउनुभएको छ । 


प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी अनुशासन र कार्यसम्पादनको महत्वबारे स्पष्ट पार्नुभएको हो । उहाँले सांसदहरूलाई पार्टीको नीति र दृष्टिकोणअनुसार चल्न निर्देशन दिनुभयो ।

आफ्नै डम्फु नबजाउन र व्यक्तिगत विचारभन्दा पार्टीको आधिकारिक धारणालाई प्राथमिकता दिन उहाँको आग्रह छ । एमालेलाई नेपालकै सबैभन्दा एडभान्स, सङ्गठित र परिवर्तनकारी विचार बोक्ने पार्टी दाबी गर्दै उहाँले अरूका गलत र अराजक प्रवृत्तिहरूबाट नसिक्न चेतावनी दिनुभयो । 

उहाँले आगामी दिनमा सदनका पदाधिकारीहरूको चयन पनि कामको मूल्याङ्कन र आवश्यकताकै आधारमा हुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here