ढाकाकुमारबारे आज निर्णय लिँदै रास्वपा, सांसद पद जाँदै


२९ चैत्र २०७९, बुधबार ०७:४३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडियो प्रकरणका कारण विवादमा आएका सांसद डा. ढाकाकुमार श्रेष्ठबारे आज निर्णय गर्ने भएको छ ।

आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो बाहिरिएपछि अनुसन्धान गरेर रास्वपाले आज सांसद श्रेष्ठबारे निर्णय गर्ने भएको हो ।

अडियो प्रकरणबारे निर्णय लिन बिहान ९ बजे पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । आजको बैठकमा सार्वजनिक उक्त अडियो सांसद श्रेष्ठको भए/नभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गर्ने रास्वपाको तयारी छ ।

आजको बैठकले श्रेष्ठलाई सांसद र पार्टी साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गर्ने बताइएको छ । रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचारको प्रकरणमा मुछिनेलाई उन्मुक्ति दिन नहुने बताउँदै आउनुभएको छ ।​

रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो प्रकरणबारे पार्टी सभापति लामिछानेलाई प्रतिवेदनसमेत बुझाइसकेको छ । प्रारम्भिक बयानमा श्रेष्ठले उक्त अडियो आफ्नो नभएको बयान दिनुभएको छ । उहाँले दुर्गा प्रसाईंलाई नचिनेको र उहाँसँग फोन संवादसमेत नभएको दाबी गर्नुभएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here