प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूचीमा ?


२९ चैत्र २०७९, बुधबार ०७:३८ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘ सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद तेजमान तुम्बाहाम्फेको शुक्रबार भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here