लुम्बिनीमा पिस ओपन हाफ म्याराथन प्रतियोगिता सुरु


२३ चैत्र २०७९, बिहीबार ११:१३ मा प्रकाशित

बुटवल । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिता सुरु भएको  छ ।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले  प्रतियोगिता आयोजना प्रतियोगितामा देश भरका २ हजार  ५ सय ५० महिला पुरुष  खेलाडी  मैदानमा रहेको जनाएको छ ।

एकेडेमीका  संरक्षक समेत रहेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्र बहादुर घले विमला राना र मोहन  घलेलाई दिएर  प्रतियोगिता  सुरु गरेका  हुन् ।

सहभागीहरूले मायादेवी मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले  लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दूरी पूरा  गर्ने  जनाएको छ । 

प्रतियोगितामा महिला पुरुष  दुबैलाई  छुट्टाछुट्टै पुरस्कृत  गरिने  छ ।

प्रतियोगितामा  प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । महिला  प्रथम  हुनेले १ लाख  ५१ हजार  नगद पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here