समय


२३ चैत्र २०७९, बिहीबार ०८:४८ मा प्रकाशित

एक समय लाग्थ्यो,

नयाँ बर्ष आउनु भनेको

म एक बर्ष बढ्नु हो,

जवान हुनु हो !

अर्थात

बैसालु उमेरमा प्रवेश गर्ने

छेउछाउमा पुग्नु हो ।

विद्यालयको उमेर

चन्चले स्वाभाव

कहिले १० कक्षामा पुग्नु भन्ने

पिर

त्यसको मतलव कहिले

१६/१७ बर्षको हुनु,

कहिले कलेज पड्नु भन्ने

मुर्ख सोचाइ

सायद अहिलेका

केटाकेटीमा कायमै होला ।

पर्खाइको समय साँच्चै ढिलो

बित्ने रहेछ !

त्यतिबेला एक बर्ष वित्न पनि

कत्रो समय लागे झैँ लाग्थ्यो ।

हुन त ! ऊ बेला अहिलेको

जस्तो जन्म दिन मनाउने

चलन त थिएन,

तर पनि नयाँ बर्ष लगतै

आउने मेरो जन्म दिनले

मलाई छुट्टै उर्जा दिने गर्थ्यो । कारण हो, म क्रमश

किशोरावस्थामा प्रवेश

गर्दैछु…

र कारण अर्को पनि छ…

विद्यालयबाट अब

म क्रमश पार पाउँदै छु ।

दिनहुँको गृहकार्य,

१० देखि ४ बजे सम्म

कक्षामा बस्नै पर्ने

लगायत थुप्रै कारणले म

जस्ता धेरैलाई

विद्यालयजीवन बोर लाग्ने

गर्थ्यो ।

दाजु दिदीहरुले गफ गरेको

सुनेको थिएँ,

कलेजमा त मन लाग्दी गर्न

पाइन्छ

पड्न मन नलागे फुत्त

निस्केर हिन्न पनि पाइन्छ

अनिवार्य कक्षामा बस्नै पर्छ

भन्ने हुँदैन

लेख्नै पर्छ,

पड्नै पर्छ

भन्ने पनि हुँदैन

अझै खुसीको कुरा त

गृहकार्य न कक्षाकार्य

केही नै हुँदैन !

ओहो क्याम्पस जीवन त

साँच्चै स्वार्गदायी हुने रहेछ ।

त्यसैको प्रतिक्षाले पनि होला

वाल्यकालमा एक बर्ष वित्न

निकै समय पर्खेको

महशुँस गर्न पर्थ्यो ।

तर अहिले, म

त्यहि वाल्यकालमा

विताएको समयको खोजीमा छु ।

अहिले विद्यार्थी जीवनयापन

गरिरहेका भाईबहिनीहरु

हामीलाई हेरेर देखेर भन्दा हुन्

कहिले उहाँहरु जस्तै ठुलो हुनु

कहिले कलेज जानु

कहिले जागिर खानु

तर मलाई ती बालकालिका,

भाइ बहिनीहरुलाई

भेटेर भन्न मन छ

बाबु हो

सक्छौ भने

यो उमेर र समयलाई

छोडेर कहिँ पनि

नदगुर

यहिँ अटल बसिराख

यतिबेलाको समय जति स्वतन्त्र,

आनन्द र उल्लासमय तिमिहरुले

अब कहिल्यै भट्ने छैनौँ ।

हामी त, देखावटी हाँसोभित्र

आँशुको तलाउमा ढुबुल्की

मारिरहेका छौँ ।

खै के भनेर सम्झाउँ

म ति अबोध भाईबहिनीलाई

खै कसरी सम्झाउँ

म यो अटेरी समयलाई

खोलीको पानी झैँ कहिल्यै नफर्किने

प्रण गरेर

बगिरहेको समयको

काँटामा अड्कीएको एक मुठ्ठी स्वास

जोगाउनकै लागि अनेकौँ

संघर्ष र कोशिश गर्दागर्दै

फेरी अर्को नयाँ बसन्तमा

प्रवेश गरिसकेछौँ ।

हुन त घडिको सुइको रफ्तार

म बाल्यकालमा हुँदाको र

अहिलेको समान नै होला

तर किन अहिले

बर्षदिन वितेको पत्तै हुन छोड्यो,

एक महिना वितेको जस्तो पनि लाग्दैन

तर एक बर्ष बतिसकेछ,

साथिभाइ, स्टमित्र, प्रियजन,

मित्रजनहरुले फेसबुक लगायत

बिभिन्न समाजिक सञ्जालबाट

जन्म दिनको शुभकामना दिएको

तर अर्को बर्षको

त्यहि गते पुन: आइपुग्न लागेछ

यानीकि नयाँ बर्ष आइसकेछ ।

जे होस् ! नयाँ बर्षले नयाँ जोसजाँगर ल्याओस् ।

सिर्जनशील कामको थालनि गर्न पाइयोस् ।

गर्दै गरेका कामले सफलता पाउन् ।

सबको मनमा हर्ष उमङ्ग र खुसीको बास होस ।

तपाईँको गतिमा समय चल्न सक्दैन

त्यसैले समयको गतिमा तपाईँ चल्नुहोस् ।

नयाँ बर्ष २०८० साल तपाईको उर्जाशील बनोस्

शुभकामना ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here