सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन भन्ने मूल नाराका साथ तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ गतेदेखि काठमाडौंमा हुदै


२१ चैत्र २०७९, मंगलवार १९:११ मा प्रकाशित

काठमाडौंमा । सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन भन्ने मूल नाराका साथ तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा हुने महासम्मेलन चैत्र २५ गतेसम्म चल्ने छ ।

यस महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछ । जसमा पूर्व अर्थमन्त्री, मन्त्रीहरु, पुर्व गभर्नर, सचिवहरुसहित अन्तराष्ट्रिय सहकारी विज्ञहरुको प्रस्तुति रहने छ। साथै, अस्ट्रेलिया, जापान, भारत लगायतका विज्ञहरुको पनि मुख्य प्रस्तुति महासंघका अध्यक्ष मीनराज कँडेलले जानकारी दिनुभयो ।

महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा प्रत्येक ५ र ५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here