लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुद्वारा काठमाडौंमा अनसन सुरु


२१ चैत्र २०७९, मंगलवार १७:१२ मा प्रकाशित

काठमाडौं । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुले काठमाडौंमा अनसन सुरु गरेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा मंगलबारबाट काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गरिएको हो ।

उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सारेका छन् ।

संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले आफ्ना माग पुरा नभएसम्म अनिश्चितकालीन अनसन सुरु गरिएको र बिभिन्न जिल्लास्थित प्रशासन कार्यालयहरुमा पनि धर्ना कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

उहाँले लघुवित्त संस्थाहरुले मुनाफा केन्द्रित लगानी गरेर जनतालाई मारमा गरेको गुनासो गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here