बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने कांग्रेसको निर्णय


१९ चैत्र २०७९, आईतवार १३:३६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारामा जसपाको उम्मेदवारलाई सघाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले बारा, चितवन र तनहुँमा २०७९ को निर्वाचन भन्दा पहिले स्वतन्त्र उम्मेदवार भइ पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरूको हकमा पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरि कारबाही फुकुवा गर्ने निर्णय गरेको छ भने २०७९ को निर्वाचनको हकमा भने उपचुनावमा खेल्ने भूमिकालाई हेरेर निर्णय गर्ने निर्णय भएको पाण्डेले बताउनुभयो ।

बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पारित गरेको छ । त्यस्तै बैठकले राष्ट्रपतिको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

अघिल्लो कार्यसम्पादन समिति बैठकमा पेश भएका कार्यालय सञ्चालन सम्बन्धी निर्देशिका र नियमावलीलाई सुझावसहित पारित गर्ने निर्णय भएको पाण्डेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here