बिर्तामोडको तक्षशीला एजुकेसन फाउन्डेसनले आगामी शैक्षिक सत्रदेखि क्याम्ब्रिज अंग्रेजी कोर्स पढाउने


१८ चैत्र २०७९, शनिबार १७:१५ मा प्रकाशित

झापा । झापाको बिर्तामोड ६ मा रहेको तक्षशीला एजुकेसन फाउन्डेसनले आगामी शैक्षिक सत्र २०८० देखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको छ ।

शनिबार विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा तक्षशीलाका प्रिन्सिपल रोहित ढुंगेलले आगामी शैक्षिक सत्रदेखि विद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइने जानकारी दिनुभयो ।

शनिवारको विशेष कार्यक्रममा तक्षशीलाकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की प्रसाईं र क्याम्ब्रिजका प्रतिनिधि रोशन राठीबीच क्याम्ब्रिज कोर्स अध्यापन गराउने विषयमा हस्ताक्षर भएको हो ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तक्षशीला र क्याम्ब्रिजबीच सम्झौतामा हस्ताक्षर भएको हो । क्याम्ब्रिज अंग्रेजी कोर्स अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त कोर्स हो ।

विद्यालयको शैक्षिक गुणस्तरमा फड्को मार्दै तक्षशीलाले यो ऐतिहासिक सफलता हात पारेको हो ।

पूर्वी नेपालमा क्याम्ब्रिजको कोर्स अध्यापन गराउने विद्यालयमा तक्षशीला पहिलो भएको बताइएको छ । कार्यक्रममा विभिन्न गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here