कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


१९ चैत्र २०७९, आईतवार ०७:०५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यालय वीपीनगरमा आइतबार बिहान १० बजेका लागि बैठक बस्ने जानकारी दिनुभयो ।

वर्तमान सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रीको दाबी गरेपनि शुक्रबार मन्त्रिमण्डल विस्तार हुँदा कांग्रेसका ४ मन्त्रीले सपथ लिएका छन्।

सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै शेखर-गगन समूहले असन्तुष्ट जनाएपछि ४ जना मात्र पठाइएको हो।  आज सरकारमा जाने थप मन्त्री र उपनिर्वाचनको विषयमा छलफल हुनेछ।

प्रधानमन्त्री प्रचण्डले सातौंपटक मन्त्रिमण्डल पुनर्गठन गर्दा कांग्रेसबाट अर्थमन्त्री प्रकाशशरण महत, रक्षामन्त्री पूर्णबहादुर खड्का,  उद्योग मन्त्री रमेश रिजाल र सहरी विकास मन्त्री सीता गुरुङ समेटिएका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here