बढ्न थाले कोरोना संक्रमित, एकै दिन १४२ जनामा संक्रमण पुष्टि


१८ चैत्र २०७९, शनिबार ०६:४९ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो केही दिन यता कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्न थालेको छ ।

शुक्रबार १४२ जनामा जना कोरोना सङ्क्रमित प्रमाणित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभरिमा पिसिआर परिक्षणबाट ४४ र एन्टीजेन परिक्षणबाट ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

आज ४ जना कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here