सिड्नीमा नेपाली सामुदायिक भवन निर्माण प्रकृया सुरु


१९ असार २०७६, बिहीबार १६:५८ मा प्रकाशित

सिड्नी । अस्ट्रेलियाको नेपालीहरु बढी भएको शहर सिड्नीमा सामुदायिक भवन निर्माणको पहल अगाडि बढाइएको छ ।

बिहीबार दिउँसो न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्कासहितको एक टोलीले पश्चिम सिड्नीको कम्बर्ल्याण्ड काउन्सिलमा विकास निवेदन दर्ता गराएको छ । अस्ट्रेलियाको नेपाली समुदायका अगुवाहरु इन्द्रा वन, डा. सम्शेर सिंह थापा, गोवा कट्वाल, प्रदीप ढकाल लगायतको टोली बिहीबार काउन्सिलको कार्यलय पुगेर उक्त निबेदन दिएको थियो ।

पूर्ण ब्यवसायिक ढाँचामा बन्ने यो सामुदायिक भवनका लागि परिकल्पना निर्माणदेखि अहिलेसम्म निरन्तर खटिरहेका अस्ट्रेलियाका नेपाली कानून ब्यवसायी डा. शम्शेर सिंह थापाका अनुसार–२०१३ देखि सुरु भएको सामुदायिक भवन निर्माणको महत्वपूर्ण चरणको काम बिहीबार सकिएको छ ।

उनले कानुनी प्रकृया पूरा गर्न समय लागे पनि दर्ता भएपछि निर्माण कार्य सुरु हुन समय नलाग्ने विस्वाश ब्यक्त गरे । उनले भने – यो नेपालीहरुका लागि गौरवको कुरा हो, सम्पूर्ण सुविधासहितको अत्याधुनिक तर नेपाली मौलिक शैली र संरचनाको भवन निर्मण हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here