पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै


१३ चैत्र २०७९, सोमबार १८:४६ मा प्रकाशित

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

४ सय ८८ पिसिआर परिक्षणका क्रममा २५ जना र ७ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा कोरोनाका संक्रिय संक्रमित ६६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here